GURUKHOLA KALOUN

                                                                    

यहाहरु लाइ गुरुखोला कलौन वेबसाइट मा स्वागत छ। सर्बप्रथम यहाहरुलाइ यो वेबसाइट निर्मण गर्नु को उद्देश्य बारे केहि जानकारि गराउनु चाहन्छौ ।हामी हरु सबैलाइ थाहा भएकै कुरो हो इन्टरनेत को बिकास सगै धेरै जसो मन्छेहरु र बिभिन्न स्थरका ठाउहरु ले पनि इन्टरनेट मा आफ्नो ठाउ बनाएका छन र त्यसै क्रममा हामि हरुले पनि आफ्नो ठाउ को स्थान इन्टरनेटमा स्थापित गरेका छौ। कलौन एउटा ठुलै गाउ हो भन्दा फरक नपर्ला । बिसेस गरि कलौन भन्नाले वडा न १,२ ३, ४ र ५ का भुभाग लाइ चिनिन्छ । जहा वडा न १ मा श्री सोभा मा बी वरिपरि को ठाउ (पितलथला) पर्छ । त्यस्तै वडा ण २ मा सङ्गतडी लुइटा गोधराइजर आदि पर्छ। त्यस्तै घना बस्ति भएको वडा न ३ मा झोकालि पर्छ । अनि वडा न४ मा खाल चामला कलौन सप्तलि बत्थि खेता र बन्तड पर्छ । र   वडा न ५ म मल्लो खाल , चमलधार मल्लो बन्तड दौला र सुजडा पर्छ । त्यसैले कलौन भन्नाले गुरुखोला ग बि स को लगभग आधी भुभाग लाए बुजिन्छ । गुरुखोला कलौन धार्मिक रुपले अलि बढि नै चिनिन्छ । कलौन मै पर्ने भगवती माता को मन्दिर पनि एक् उधारण हो । गुरुखोला कलौन मा पर्ने मन्दिर हरु यस प्रकार छन : भगवती माता , बेतालबाबा , गोपान्जल ( गोब्जसि ) बु बु भुमिराज उदैदेउ आदि । गुरुखोला कलौन मा बसोबास गर्ने जातजाति हरु: भट्ट , चन्द , बडु , लुहार , पाण्डेय , खत्री , भुल , पहरि , टेलर , धामी, आदि हुन ।